वीरगंजमा बिहानै बसमा आगजनी

वीरगंजमा बिहानै बसमा आगजनी

२२३ पटक पढिएको

वीरगंज । वीरगंज बसपार्कस्थित एक बसमा अपरिचित समुहद्वारा आगजनी भएको छ ।

बीरगंज ठोरी चल्ने रोयल भिमादको ग १ ख ३१४७ नम्बरको बसमा आज बिहान अपरिचित समुहले आगजनी गरेको हो । आगजनीबाट बस पुर्ण रुपमा जलेर नष्ट भएको छ । 

घटनामा संलग्नको खोजि भईरहेको बीरगंज प्रहरीले जनाएको हो ।

 विप्लप नेतृत्वको नेकपाले आज बन्दको घोषणा गरेकाले सोही पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ ।