एमाले सांसद लामिछानेको निधन

एमाले सांसद लामिछानेको निधन

४४६ पटक पढिएको

काठमाडौं । मष्तिस्कघातबाट उपचाररत एमाले प्रदेश सांसद हरिशरण लामिछानेको निधन भएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराईरहेका भक्तपुरका सांसद लामिछानेको आज दिउँसो निधन भएको अस्पतालले पुष्टि गरेको छ । 

गत शनिबार मुगुको राराबाट काठमाडौं फर्किएका लामिछानेलाई आफ्नै निवासमा अचानक मष्तिस्कघात भएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरेपनि लामिछानेको अवस्था गम्भिर थियो । 

आजै बिहान मात्र प्रधानमन्त्री केपी ओलीले अस्पतालमा पुगेर लामिछानेको अवस्थाबारे परिवार र चिकित्सकसंग जानकारी लिनुभएको थियो । लामिछाने भक्तपुर क्षेत्र नम्बर एकका प्रदेश सांसद हुन् ।