अफगानिस्तानमा युद्धविराम लम्ब्याउने प्रयास असफल 

अफगानिस्तानमा युद्धविराम लम्ब्याउने प्रयास असफल 

२२९ पटक पढिएको

अफगानिस्तानमा सरकारले गरेको युद्धविराम लम्ब्याउने प्रयास असफल भएको छ । तालिवानले युद्ध विराम समाप्त भएको घोषणा गर्दै सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरेको छ ।


ईदको अवसरमा घोषणा गरिएको युद्धविरामलाई अफगान राष्ट्रपति असरफ गनीले थप बढाउन तालिवानलाई अपिल गरेका थिए । तर, तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गयराति देखि युद्धविराम समाप्त भएको र सरकारी सुरक्षाकर्मी्विरुद्ध लडाइँ सुरु भएको घोषणा गरेका छन् ।


सरकार र तालिवान दुवै पक्षले ईदको अवसरमा घोषणा गरेको तीन दिनको युद्धविराम २० जुनमा समाप्त हुनेवाला थियो । 


युद्धविरामको अवधि लम्बाउने कुनै मनसाय नभएको र आज बिहानै सरकार नियन्त्रित क्षेत्र तोडिने बीबीसीले जनाएको छ । आज अफगान मिडियाबाट प्राप्त जानकारी अनुसार हेलमन्ड र कान्धार प्रान्तमा तालिवानले अफगानिस्तानका सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरिसकेको छ ।।