नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदै

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदै

१८४ पटक पढिएको

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदैछ । तीन दिनसम्म चल्ने भेलामा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु हेटौंडामा जम्मा भएका छन् ।
जिल्ला सभापितको राष्ट्रिय भेलाको बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पहिलो दिनको उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।  
भेलाको दोस्रो दिन जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकीकृत गर्ने कार्यक्रम रहेको छ । कांग्रेसमा जिल्ला सभापतिहरुको भेलालाई मिनी महासमितिका रूपमा लिने गरिएको छ । 
केन्द्रीय सदस्यहरूले जिल्ला सभापतिको धारणा सुन्न पाउने तर भेलामा बोल्न नपाउने प्रवक्ता शर्माले बताउनुभयो । मूलतः विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन् ।