कांग्रेसले अडान दोहोर्यायो 

कांग्रेसले अडान दोहोर्यायो 

१८४ पटक पढिएको

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय र प्रदेशसभामा सभामुख र उपसभामुखमध्ये एकजना आफूहरुले पाउनुपर्ने अडान दाहो¥याएको छ । अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकारलाई लचिलो बनाएको प्रतिपक्षी दल कांग्रेसले संघीय र प्रदेशसभामा आफूहरुले सभामुख र उपसभामुखमध्ये एक पद पाउनुपर्ने मुद्धा दाहो¥याएको छ । 

कांग्रेस नेता मिन विश्वकर्माले सभामुख र उपसभामुख मध्ये एक पदमा फरक पार्टीको हुनुपर्ने  भन्दै सरकारलाई दबाब सिर्जना गर्ने बताउनुभयो । प्रतिपक्ष कमजोर भएको आरोप खेपिरहेका बेला आफूहरुले सरकारका कमजोरीहरुलाई मुद्दाका रुपमा उठाएर शक्ति सञ्चय गर्दै संगठन सुदृढीकरण गर्ने रणनीति लिने उहाँको भनाइ रहेको छ ।

संघीय संसद र प्रदेशहरुमा पनि सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्छ भनेर संविधानमा प्रष्ट रुपमा उल्लेख भएको भन्दै उहाँले दुईमध्ये एक पद नछोड्ने चेतावनी दिनुभयो । क्यापिटल समाचारसँग कुरा गर्दै नेता विश्वकर्माले  सदन र सडकमार्फत यो मुद्दालाई लिएर सशक्त आन्दोलन गर्ने बताउनुभयो ।