केन्याका राष्ट्रपतिद्वारा "चिनियाँ ऋण जाल" भन्ने अमेरिकी सञ्चार-माध्यमको भ्रमको खण्डन

केन्याका राष्ट्रपतिद्वारा "चिनियाँ ऋण जाल" भन्ने अमेरिकी सञ्चार-माध्यमको भ्रमको खण्डन

११० पटक पढिएको

केन्याका राष्ट्रपति ऊहुरु केन्याताले हालै अमेरिकी सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिँदै केन्या चिनियाँ ऋणको घेराबन्दीमा आइपरेको तथाकथित अमेरिकी सञ्चार-माध्यमको गलत धारणाको सशक्त रुपमा खण्डन गर्नुभएको छ। साथै उहाँले केन्याको आफ्नो विकास योजना रहेको भन्दै आफ्नो लक्ष्यलाई साकार तुल्याउनका लागि सहयोग दिने सबै मुलुकसित सहकार्य गर्न केन्या इच्छुक रहेको कुरामा पनि जोड दिनुभएको छ।

राष्ट्रपति केन्याताले स्थानीय अक्टोबर २६ तारिख केन्या एयर कम्पनीको अमेरिकाको न्युयोर्कतर्फको प्रत्यक्ष पहिलो उडान शुभारम्भ समारोह अघि अमेरिकी सीएनएनलाई अन्तर्वार्ता दिंदै उक्त धारणा व्यक्त गर्नुभएको थियो।

उक्त अन्तर्वार्तामा सीएनएनका सञ्चालक रिचर्ड क्वेइस्टले प्रत्यक्ष उडानबारे चर्चा नगरिकन् केन्याको ऋण समस्यालाई मुख्य विषय बनाएर "चीनले ऋण लगाउने" विषयमाथि चर्चा थिए। तर राष्ट्रपति केन्याताले सशक्त रुपमा सञ्चालकको गलत धारणाको खण्डन गर्नुभएको छ।