मतपेटिका संकलन आज सकिने : निर्वाचन आयोग

मतपेटिका संकलन आज सकिने : निर्वाचन आयोग

३१७ पटक पढिएको

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका मतपेटिका आज पनि बिभिन्न जिल्ला ओसार्ने काम भईरहेको छ । केही बिकट क्षेत्रका मतपेटीका हेलीकप्टर लगेर आज सदरमुकाम झारिने छ । अधिकांश जिल्लामा तपेटीका संकलन भइसकेकाले आजसम्म सबै मतपेटिका सम्बन्धीत जिल्लाका सदरमुकाम पुर्याईसक्ने निर्वाचन आयोगले जनाएको छ ।

हिजो हेलीकप्टर अभावका कारण ओसार्न नसकिएका मतपेटीका आज बेलुकी सम्ममा सदरमुकाम पुग्ने र लाहछाप हुने आयोगले जनाएको हो । आयोगले कोठाभित्र मतपेटिका बन्द अवस्थामा राखी बाहिरबाट सिल गरिने बताएको छ ।  जनपद प्रहरीको सुरक्षामा मतपेटीका रहनेछन् । आवश्यकताअनुसार सीसीटीभीबाट समेत मतपेटिका रहेको स्थानको निगरानी गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।मतगणना मंसिर २१ गते हुने दोस्रो चरणको मतदानपछि एकैपटक सुरु गरिने छ ।