गोलाप्रथाबाट मतदान केन्द्रको जिम्मेवारी

गोलाप्रथाबाट मतदान केन्द्रको जिम्मेवारी

४७० पटक पढिएको

कर्मचारीको जिम्मेवारीलाई निष्पक्ष बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले गोलाप्रथाबाट मतदान केन्द्रको जिम्मेवारी तोकेको छ  । भनसुन धेरै हुने, तोकिएको क्षेत्रमा नजाने भएपछि निष्पक्ष रुपमा कर्मचारी परिचालनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाबाट जिम्मेवारी दिएको हो । दाङमा तीनवटा निर्वाचन क्षेत्रको मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक भईसकेको छ ।  दाङमा निर्धारण गरिएका ३ सय ९४ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई तालिम दिइएको छ । दाङमा ३ हजार १ सय ५२ कर्मचारी चुनावमा खटिँदैछन् ।