मेलिना राई भन्दैछिन् ‘तिमी मेरो जिन्दगीको..’ (भिडियाे)

मेलिना राई भन्दैछिन् ‘तिमी मेरो जिन्दगीको..’ (भिडियाे)

३५७ पटक पढिएको

गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त बनेकी गायिका मेलिनाको ‘मेरो जिन्दगीको..’मा आफै मोडलिङ गरेकी छिन् । उनलाई भिडियोमा रेवत राईले साथ दिएका छन् । सार्वजनिक गीतमा जगत नबोदितको शब्द, तारा प्रकाश लिम्बुको सङ्गीत रहेको छ । अलग एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियोलाई मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ओम प्रसाईको छायाङ्कन रहेको यसगीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रेम भाव व्यक्त गर्ने यसभिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।