फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

३९ पटक पढिएको

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडा फिल्म सुटिङका लागी नेपाल आउने भएका छन् । दुवैको नयाँ फिल्म फिल्म ‘सन्दीप और पिंकी फरार’को सुटिङको लागी उनीहरू नेपाल आउने भएका हुन् । ५ वर्ष अघि एकसाथ ‘इश्कजादे’को बलिउडमा डेव्यु गरेका अर्जुन र परिणिती पुन् एकसाथ पर्दामा देखिन लागेका हुन् । ड्रामाटिक थ्रिलर श्रेणीको फिल्मलाई यशराज फिल्मस्को व्यानरले निर्माण गर्ने लागेको हो । फिल्मलाई दिवाकर बनर्जीले निर्देशन गर्ने छन् । भारतीय सञ्चारमाध्यमका अनुसार नेपाललाई फिल्मको छायाङ्कन स्थलका रूपमा रोजिएको छ ।

नेपालको बैतडीस्थित झुलालघाटमा फिल्म छायाङ्कनका लागि बैतडी जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइसकेको छ । नेपाल र भारतको सिमानामा पर्ने भएकैले झुलालघाटलाई सुटिङस्थल रोजिएको जनाइएको छ । भारतका दुई फरक सहरमा बस्ने युवा युवती बिचको प्रेम कथालाई फिल्ममा देखाइने छ । बुझिए अनुसार प्रेममा परेपछि नेपाल आएर विवाह गर्न दृश्य फिल्ममा रहेको जनाएको छ ।