आचार संहिता विपरीत सरकारका पछिल्ला कदमप्रति एमालेको आपत्ति

आचार संहिता विपरीत सरकारका पछिल्ला कदमप्रति एमालेको आपत्ति

२२७ पटक पढिएको

नेकपा एमालेले निर्वाचन आचार संहिता विपरीत सरकारका पछिल्ला कदमप्रति आपत्ति जनाएको छ । पछिल्लो कदमप्रती कडाइका साथ हस्तक्षेप गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण समेत गराएको छ । आज बिहान बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आचार संहिता विपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुंग पार्ने कार्य तत्काल रोक्न सरकारसँग माग समेत गरेको हो । बैठकले सरकारको हैसियत र सीमाभित्र रही काम गर्न सरकारलाई सचेत गराउन निर्वाचन आयोग समक्ष माग समेत गरेको छ ।