दोस्रो चरणको चुनावी दौडाहमा नेताहरु

दोस्रो चरणको चुनावी दौडाहमा नेताहरु

३१५ पटक पढिएको

दोस्रो चरणको चुनावी दौडाहमा रहेका दलका शीर्ष नेताहरु आजबाट आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेभएका छन । विभिन्न जिल्लामा आयोजित ठूला चुनावी सभालाई सम्बोधन गरेका शीर्ष नेताहरु आजबाट आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका हुन् ।

दोस्रो चरणमा निर्वाचन हुने विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आजदेखि निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामै रहनु हुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।