अछामको मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप ः प्रहरीद्वारा तीन सेल अश्रुग्यास प्रहार

अछामको मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप ः प्रहरीद्वारा तीन सेल अश्रुग्यास प्रहार

९९ पटक पढिएको

अछामको चौरपाटी गाउँपालिका— ५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा र एमालेका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको स्थानीय धिराजन खड्काले जानकारी दिए । झडपमा तीन जना घाइते भएको बताइएको छ । घाइतेको पूर्ण विवरण आउन बाँकी छ । मतदाताहरु स्थानीयवासीको घरमा लुकेर बसेको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टरले उक्त मतदान केन्द्रमा हवाइ गस्ती गरिरहेको छ । अहिले स्थिति शान्तिपूर्ण छ । अछामको प्रदेशसभा १ (१) का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको घर सोही मतदान केन्द्रमा पर्दछ ।