बागलुङ–२ मा माओवादी केन्द्र विजयी

बागलुङ–२ मा माओवादी केन्द्र विजयी

२४२ पटक पढिएको

बाग्लुङको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेलले विजयी हासिल गरेका छन् । वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उनका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत प्राप्त गरे ।

नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाएका पौडेलले पूर्वसांसदसमेत रहेका पुनलाई पराजित गरेका हुन् ।