गौरब, बिजय र कमलमणि 'मिस्टर भर्जिन' बन्ने

गौरब, बिजय र कमलमणि 'मिस्टर भर्जिन' बन्ने

६२९ पटक पढिएको

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर चलचित्र 'मिस्टर भर्जिन' बन्ने भएको छ । बुधवार एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो । 'मिस्टर भर्जिन'मा गौरब पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहेका छन् ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बन्ने चलचित्रलाई डेब्यू निर्देशक विशारद बस्नेतको निर्देशन गर्दैछन् । फिल्ममा गौरब, बिजय र कमलमणिका अलावा भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय रहनेछ ।

चलचित्मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ ।

'मिस्टर भर्जिन'मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताका रुपमा सन्दिप उप्रेती र मनिष खत्री रहेका छन् । मङ्सिर २९ गतेबाट छायांकन सुरु हुनेछ भने चलचित्र बैशाखको अन्तिम साता प्रर्दशन हुनेछ ।