प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

४८८ पटक पढिएको

सामान्य प्रशासन मन्त्रालयले करिब तीन हजार कर्मचारी प्रदेश स्तरको मन्त्रालयमा खटाउने गरी गृहकार्य थालेको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अन्तरिम व्यवस्थापन अन्तर्गत प्रदेशस्तरमा खटाउने गरी कर्मचारीको व्यवस्थापन भइरहेको जानकारी दिनु भयो । प्रदेशमा खटाउने कर्मचारीको जोहो गर्न मन्त्रालयले सबै मन्त्रालयमा कर्मचारी विवरण माग गरिसकेको छ ।

सहसचिवदेखि तल्लो तहसम्मका कर्मचारीको विवरण उपलब्ध गराउन सामान्य प्रशासनले विभिन्न मन्त्रालयलाई पत्र पठाएको थियो । प्रदेशस्तरमा खटाउने कर्मचारी आगामी दिनमा मर्ज हुने मन्त्रालय, जिम्मेवारी कम भएका मन्त्रालय, केन्द्रीय स्तरका निकाय, क्षेत्रीय कार्यालय, डिभिजन कार्यालय लगायतबाट कमचारी खटाइने सामान्य प्रशासनले जनाएको छ ।