एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको छ  : ओली

एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको छ  : ओली

३५ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, नेपाली कांग्रेसले एमालेलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनु भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लागाउनु भएको हो । उहाँले  कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गरे ।

कांग्रेसले कम्युनिष्टहरुको सरकार बनेमा अतिवादी शासन व्यवस्था आउँछ भन्दै भ्रमपूर्ण प्रचार गरेको उहाँको भनाइ थियो । कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले विराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन आग्रह गनुभएको छ । यस्तै नेकपा एमालेले बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित सबैमा अनुरोध गरेको छ । यस्तै आज सार्वजनिक गरिएको बिज्ञप्ती मार्फत एमालेले पार्टीलाई असहयोग हुने गरि दिइएको बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ । विज्ञप्तीमा देशलाई स्थायित्व, शान्ति र समृद्धिको बाटोमा लान वामपक्षीय लोकतान्त्रिक गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा रहेको पनि उल्लेख गरिएको छ ।