फ्राइडे रिलिज: हलमा दुई नेपाली फिल्म,'टाइगर जिन्दा हे' दाेस्राे सातामा

फ्राइडे रिलिज: हलमा दुई नेपाली फिल्म,'टाइगर जिन्दा हे' दाेस्राे सातामा

४६४ पटक पढिएको

यो साता सिनेमा घरमा दुई नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जस अन्तर्गत ‘ह्याप्पी न्यू इयर’ र ‘मन त परदेशी’ रहेको छ । देवकुमार श्रेष्ठको लेखन र निर्देशन रहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको सम्पूर्ण छायाङ्कन अस्ट्रेलियामा गरिएको छ । न्यू इयरको दिन घट्ने एक घटनालाई चलचित्रमा उतारिएको छ । चलचित्रलाई रती थापाले निर्माण गरेकी हुन् । यो चलचित्र मल्टिप्लेक्स र सिंगल थिएटरका केही हलमा रिलिज भएको छ ।