‘कागजपत्र’ मा बन्ने भयो नाजिर र शिल्पाको जोडी

‘कागजपत्र’ मा बन्ने भयो नाजिर र शिल्पाको जोडी

४६६ पटक पढिएको

नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ बन्ने भएको छ । काठमाडौँमा मङ्गलवार एक कार्यक्रम गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको थियो । ‘झुम्की’ चलचित्र निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजाप्रति सिवाकोटीको लगानी रहेको छ ।

सामजिक प्रेमकथामा बन्न लागेको चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, सिल्पा मास्के, आर्जेश रेग्मी लगायतका कलाकारको अभिनय रहने छ । विशारद बस्नेत कार्यकारी निर्माता रहेको चलचित्र २३ गतेबाट फ्लोअरमा जाने तयारीमा रहेको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा लिको प्रस्तुति रहने चलचित्र करोड बढी लगानीमा बन्ने छ ।  चलचित्र दाङ, तुलसीपुरको साथै काठमाडौँ आसपासको क्षेत्रमा छायाङ्कन हुने निर्माण पक्षले बताए ।