मोटरसाइकल ग्यारेज आगलागीमा त्रिपुरेश्वरमा एकको मृत्यु

मोटरसाइकल ग्यारेज आगलागीमा त्रिपुरेश्वरमा एकको मृत्यु

१३२ पटक पढिएको

त्रिपुरेश्वर स्थित जयन्ती आयल स्टोरसँगै रहेको मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोबाट एक जनाको मृत्यु भएको र एक जना घाइतेलाई वीर अस्पताल लगिएको कालीमाटी प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वारुणयन्त्र लगायत आगलागी नियन्त्रण दस्ताको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । आगोमा जलेर मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन, यद्यपि उनी त्यहीँका कामदार रहेको बताइएको छ । मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ ।