प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

५०७ पटक पढिएको

प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा र दाङको जनजीवन प्रभावित भएको छ । धनकुटाबासीले केही दिनदेखि जारी  आन्दोलनलाई आजदेखि कडा बनाएका छन् । त्यस्तै  प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउनुपर्ने माग गदै ठाउँ ठाउँमा प्रदर्शन गरिएको छ । पर्याप्त पूर्वाधार हुँदाहुँदै सरकारले धनकुटालाई प्रदेश राजधानी बनाउन आनाकानी गरिहेको भन्दै उनीहरुले सरकार विरोधी नारा लगाएका छन् ।

आमहड्तालका कारण धनकुटाका यातायात, कल कारखाना, शैक्षिक संस्था र बजार ठप्प भएका छन् । दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने माग गर्दै दाङ प्रादेशिक राजधानी सरोकार समितिले गरेको आमहड्तालले जनजीवन प्रभावित भएको छ । आमहड्ताल आह्वानकर्ताहरुले घोराही, तुलसीपुल, लमहीलगायतका क्षेत्रमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।