नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः ६ घन्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः ६ घन्टा बन्द हुने

३७४ पटक पढिएको

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः राति ६ घन्टा बन्द हुने भएको छ।  माघे सङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो । यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला गरिएको थियो । आज राति १० बजेदेखि बन्द गरेर भित्तो काट्ने काम सुरु हुने भएकाले सो समय नपर्नेे गरी समय मिलाएर हिँड्न सवारी चालकलाई आग्रह गरिएको यादवले बताउनुभयो । 

यसअघि यही पुस १८ देखि राति १० बजेबाट ४ बजेसम्म ६ घन्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो। आयोजनाले रातिको काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता भएको बताएको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ। दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको जनाईएको छ ।