आन्दोलनको अवज्ञा गरेको भन्दै दर्जनौँ सवारी तोडफोड

आन्दोलनको अवज्ञा गरेको भन्दै दर्जनौँ सवारी तोडफोड

३७७ पटक पढिएको

डोटीमा आन्दोलनको अवज्ञा गरेको भन्दै डोटीका आन्दोलनकारीहरुले दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । आन्दोलनकारीले भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बोर्डरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् । हिजो साँझदेखि यता मात्रै करिब एक दर्जन सवारी साधनले बन्द अवज्ञा गर्न प्रयत्न गरेपछि तोडफोड गर्न बाध्य भएको आन्दोलनमा सक्रिय विद्यार्थी नेता गणेश खड्काले बताउनुभयो ।

पछिल्लो तीनदिन यता आन्दोलनलाई सशक्त बनाउन आन्दोलनकारीहरूले डोटीको बोर्डर र गैरामा सडक ठप्प पारिरहेका छन् । सो सडक सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईका कैलाली र कञ्चनपुरसंग जोड्ने एउटा मात्र नाका हो । सोही नाका अबरुद्ध पारेर आन्दोलन सशक्त बनाउने संघर्ष समितिले जनाएको छ ७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै डोटीमा २६ दिनदेखि आन्दोलन भैरहेको छ ।