बिश्व कुष्ठरोग दिवश नेपालमा पनि मनाइदै

बिश्व कुष्ठरोग दिवश नेपालमा पनि मनाइदै

६७० पटक पढिएको

सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भारतीय अहिंसावादी नेता महात्मगान्धीको मृत्यु भएको दिन पारेर फ्रान्सका प्रसिद्ध मानवतावादी एकआर फोलोरिसले उनैको प्रेरणास्वरुप कुष्ठरोग दिवस मनाउन थालेका हुन् । यस दिवस मनाउन थाले यता विश्वभर कुष्ठरोग निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आएको विश्वास गरिएको छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको लक्ष्यबमोजिक सन २०१० मा नेपालबाट कुष्ठरोग निवारण गर्ने भनिए पनि तराईका केही जिल्लामा कुष्ठरोग चुनौतिका रुपमा रहेको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो–ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यान्सनले रोग पत्ता लगाएका हुन् ।