दिल्ली डेयर डेभिल्सबाट  सन्दिप लामिछानेले आईपीएल खेल्ने

दिल्ली डेयर डेभिल्सबाट सन्दिप लामिछानेले आईपीएल खेल्ने

१५३ पटक पढिएको

नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर पनि  हुन् । आज भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएका सन्दिपलाई दिल्लीले २० लाखमा नै किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत रहेका छन् । दिल्ली डेयर डेभिल्सले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ । सन्दिप आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी बनेका छन् । यसैबीच , नेपाली युवा स्पीनर सन्दीप लामिछाने आइपिएलमा खेल्ने भएपछि अस्ट्रेलियाका क्रिकेटर माइकल क्लार्कले सामाजिक संजाल ट्वीटरमा खुसी व्यक्त गरेका छन् ।