प्रदेश ५ मा सरकार गठनका प्रक्रिया सुरु

प्रदेश ५ मा सरकार गठनका प्रक्रिया सुरु

६२९ पटक पढिएको

प्रदेश ५ मा आजदेखि सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुँदैछ । बाम गठबन्धनका सदस्यहरु एमाले संसदीय दलका नेताले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराउने कार्यक्रम छ । तयारीका लागि अहिले एमाले प्रदेश संयोजक विष्णु पौडेल, संसदीय दलका नेता शंकर पोखरेल, प्रमुख सचेतक भुमिश्वर ढकाल र माओवादी केन्द्रका प्रदेश इन्चार्ज वर्षमान पुन, नेता कुलप्रसाद केसी, दधिराम न्यौपाने लगायतका शीर्ष नेताहरुको बैठक बुटवलमा जारीे छ । सापकोटा होटलमा जारी बैठक लगत्तै दुवै दलका प्रदेश सदस्यहरु प्रदेश प्रमुख कहाँ गएर सरकार गठनको औपचारिक पत्र दर्ता गर्ने एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनुभयो । प्रकिया सकिए आजै नत्र भोलि ३ सदस्यीय मन्त्रीमण्डल घोषणा गर्ने बाम गठबन्दनको तयारी छ । त्यसमा मुख्यमन्त्री सहित एमालले नवलपरासीका बैजनाथ चौधरी र एमालेबाट रुकुमका पूर्णबहादुर घर्तीलाई लैजाने स्रोतको भनाइ छ ।

आजै माओवादी केन्द्रले प्रदेश स्तरीय संसदीय दलको बैठक बोलाएको छ । बैठकले संसदीय दलका नेतामा रुकुमका कुलबहादुर केसी, सभामुखमा गुल्मीका सुदर्शन बराल र मन्त्री परिषदमा जान पुर्णबहादुर घर्ती लगायतको नाम निर्णय गर्ने कार्य्रकम छ । यसअघि नै बामगठबन्दनमा ७ मन्त्रीमण्डलमध्ये ३ माओवादी र ४ एमालेले लिने सहमती भएको छ । पद थोरै र आकांक्षी धेरै भएपछि माओवादीले सुरुमै ९ मन्त्री र संसदीय सभापति टुंगाउदा उचित हुने सुझाव दिएको छ ।