यू–१९एसिया कप क्रिकेटमा नेपालको सानदार विजय

यू–१९एसिया कप क्रिकेटमा नेपालको सानदार विजय

६८ पटक पढिएको

कात्तिक २८ ,काठमाण्डौँ । एसिसी अन्डर नाईन्टिन एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज सानदार जित हात पारेको छ । नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ५ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपनिङमा आएका अनिलकुमार साहले नटआउट २६ रन जोडे । उनले १५ बलमा १ चौका र ३ छक्का को मद्धतले जितलाई सहज बनाएका हुन् । भीम सार्कीले नटआउट ३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी ३ बलमा १२ रन जोडेर आउट भए। उनले २ छक्का प्रहार गरेका थिए। त्यसअघि ओपनर आसिफ शेख ४ रनमा आउट भए। त्यसअघि मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिम १५ दशमलब ३ ओभरमा ४५ रनमा अलआउट भयो ।।मलेसियाको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। साहब अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हात पारे। अनिलकुमार साहले १ विकेट लिए । मलेसियाका लागि ओपनरद्वय सइदले २० र विरनदीपले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।नेपालले टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको थियो । समूह ’ए’कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजितापछि नेपालको सेमिफाइनल यात्रा तय हुनेछ । बंगलादेश विजयी भए नेपाल सिधै सेमिफाइनल पुग्नेछ। भारत विजयी भएमा रन रेटका आधरमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।