ओखलढुंगामा बम विस्फोट

ओखलढुंगामा बम विस्फोट

२७८ पटक पढिएको

आज पनि वाम गठबन्धन र नेपाली काँग्रेसको बस तथा जीवलाई लक्षित गरी ओखलढुगांमा बम विस्फोट भएको छ । चुनावी प्रचारमा हिडेका कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट भएको हो । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । विस्फोटमा मानवीय क्षति  भने नभएको प्रहरीले जनाएको छ । सवारी साधनमा भने सामान्य क्षति भएको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।

उता मुस्ताङका एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनको गाडिमा ढुंगा प्रहार भएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तुलाचनको ग १ य ३९६ नम्बरको गाडिमा हिजो साँझ अज्ञात समूहले ढुंगा प्रहार गरेको हो । ढुंगा लागेर जिपको अगाडिको सिसा फुटेको छ । तुलाचनले घटनामा नेपाली कांग्रेसको हात रहेको आरोप लगाउनु भएको छ ।